१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटका गीतकार भरत सिग्देलको ‘मुटुभित्र सीमा दुख्छ’ सार्वजनिक (भिडियो)

नुवाकोटका गीतकार भरत सिग्देलको स्वदेश गान ‘मुटु भित्र सीमा दुख्छ’ सार्वजनिक भएको छ । विकास चौधरीको संगीत रहेको गीतमा विकास लिम्बुकोे स्वर रहेको छ ।
गितमा देश र भेषभुषाप्रति अगाध प्रेम, देशको सान लुम्बिनी, सगरमाथा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डासँग वीरताको गाथा उज्जागर गरिएको छ ।
देश भक्तिभावले ओतप्रोत भएको गितको भिडियोमा लय संग्रौला, उत्तम केसी, मनोज गजुरेल, उदय सुब्बा, डा. भीमलाल तामाङ, रश्मी भट्ट, सुचित्रा श्रेष्ठ, तोयानिधी पौडेल, सुवास मेचे, समर बहादुर आले मगर, दीपकराज खतिवडा, सोमबहादर तामाङ, शान्ति सिग्देल, अस्मिता सिग्देल लगायतको अभिनय रहेको छ ।
खेम थापा मगरको छायाँकन, वीरबहादुर थारुको सम्पादन रहेको भिडियोमा उषा मलाहा सिमरनको निर्देशन रहेको छ । भिडियोका निर्माता नारद आचार्य, सुदामा केशव बैरागी माइलो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्