१२ श्रावण २०८१, शनिबार
Logo

देशभरको तापक्रम बढ्दो,

केही दिनदेखि देशभरको तापक्रम बढिरहेको छ । काठमाण्डौसहित देशभर तापक्रम बढिरहेको मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो ।

विशेषगरी पश्चिमी तराईमा गर्मी धेरै बढेको मौसमविद् बासीले बताउनुभयो । आज भैरहवाको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियससम्म रहने अनुमान  छ । भैरहवामा हिजो ४२ डिग्री सेल्सियस र अस्ति  ३९ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको थियो । यस्तै नेपालगञ्जमा आज ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम रहने अनुमान छ ।

नेपालगञ्जमा हिजो ४० दशमलव ८ डिग्री सेल्सियससम्म र अस्ति ४० दशमलव ६ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकोले अबको केही दिन गर्मी अझै बढ्ने मौसमविद्को भनाइ छ । यस्तै आज दिउँसोपछि पहाडका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी चल्ने मौसमविद्ले बताएका छन् ।  अहिले पहाडी क्षेत्रको मौसम आंशिक बदली छ भने  बाँकी ठाउँको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्