pratik books stationery

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

अमेरिकाको व्यस्त दैनिकीमा भएरपनि पछिल्लो समय नेपाली सांगीतीक आकाशमा निकै चम्किरहेकी गायिका रानी शाक्यको ‘सुहाउँदैन ओठमा हाँसो’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रदीप सुवेदीको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा रानी शाक्यको साथमा पुरुषोत्तमको पनि स्वर सुन्न सकिन्छ । कमल सिंह , गीता ढुगाना , तेजेन्द्र गौत्तम र नवराज भटटराईको अभिनय रहेको गीतको भिडियोलाई गायिका रानी शाक्यको अफिसियल युट्युब च्यानल
( Rani Shakya) बाट शुक्रबार सार्वजनिक गरिएको हो ।
नवराज न्यौपानेको छायाँकन ,शक्ति प्रज्वल घिमिरेको निर्देशनमा भिडियोलाई ह्वाइट मिडियाले उत्पादन गरेको हो ।