pratik books stationery
samsad

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

काठमाडौं, १९ चैत्र । सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकद्वारा निर्णय गराएर आगामी हप्ता अधिवेशन अन्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने तयारी भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार २३ चैत्रमा संसदको चालु अधिवेशन अन्त गर्ने तयारी भएको छ । मन्त्रिपरिषद्को बैठक सोही दिन बसेर अधिवेशन अन्त गर्ने तयारी भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि तत्काललाई टर्ने अवस्था बनेको छ ।

सर्वोच्च अदालतको आदेश बमोजिम सरकारले प्रतिनिधि सभाको अधिवेशन बोलाउने सिफारिश गरेबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुनमा बैठक आव्हान गरेकी थिइन् । बैठकप्रति सरकार भने गम्भीर देखिएन । संसदले बिजनेश नै पाएन । एक महिना पुग्द लाग्दा संसदले खासै प्रभावकारी भूमिका देखाइरहेको छैन ।