२० मंसिर २०७८, सोमबार
Logo
Hotel Yangra Nuwakot Trishuli

नेपाल आइडलकी विजेता सज्जा र बलबहादुरको ‘के यस्तो माया बस्यो नि ‘सार्वजनिक ( भिडियो )

बहुमुखी प्रतिभाशाली ब्यतित्व हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको गीत ‘के यस्तो माया बस्यो नि ‘ सार्वजनिक भएको छ ।
चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन -३ की विजेता सज्जा चौलागाई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत ‘के यस्तो माया बस्यो नि ‘को भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोमा अब्बल छाप छोड्न सफल जोडी हुन । भिडियोमा एकै गाउँका किशोर किशोरीको गाउँले परिबेसमा त्यहीको माहौलमा झाँगिँदै गैरहेको प्रेमलाइ देखाइएको छ ।
निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गीत ‘के यस्तो माया बस्यो नि ‘लाइ दर्शकहरुको शतप्रतिसत पोजिटिभ कमेन्ट आएको छ ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्