१२ श्रावण २०८१, शनिबार
Logo

भक्त प्रधान र रचना रिमालको स्वरमा ‘ओई मेरो परान’ रिलिज ( भिडियो )

गायक भक्त प्रधान र लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ।
हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश उक्त गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत रहेको छ ।
यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने पत्रकार सम्मेलनमा निर्मात्री तथा कलाकार कुञ्जना घिमिरेले जानकारी दिइन् । धुर्मुस–सुन्तलीको निर्देशनमा बनेको वेव फिल्म २ घन्टा भन्दा लामो छ । टेकेन्द्र शाहको सम्पादन रहेको यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ ।
सार्वजनिक गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय छ । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकराको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्