१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा नेकपा एमालेको कार्यालय पुनःस्थापना

नुवाकोटमा नेकपा एमालेको कार्यालय पुनःस्थापना गरिएको छ ।
आइतबार सर्वोच्च अदालतको फैसला पछि सोमबार ओली पक्षका नेता तथा कार्यबाहक अध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन् ।
नेता मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा पार्टी कार्यलयमा राखिएको छ ।
आइतबार अदालतको फैसला पछि एमाले पार्टी कार्यलयमा दीप प्रज्वलन गरि ओली पक्षका नेता तथा कार्यकर्ताले खुशीयाली मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्