१२ श्रावण २०८१, शनिबार
Logo

कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुग्यो

कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ ।  नेपालको खोप लगाउने जनसङ्ख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा एक करोड ३० लाख डोज खोप नि:शुल्क उपलब्ध गराउने छ ।

कोभ्याक्सले नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो ।  विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले ‘कोभ्याक्स सुविधा’अन्तर्गत २० प्रतिशत  नागरिकलाई पुग्ने गरी खोप दिन लागेको हो । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्