१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल पशुपन्छी औषधी ब्याबसायी संघ त्रिशुली शाखाद्धारा ४ भेटेरीनरी ब्याबसायी सम्मानित

नेपाल पशुपन्छी औषधी ब्याबसायी संघ त्रिशुली शाखाले नुवाकोटमा रहेर निरन्तर रुपमा लामो समय सम्म भेटेरीनरी ब्याबसाय मार्फत समुदायमा पुर्याएको योगदानको कदर गर्दै ४ जना ब्याबसायीहरुलाई सम्मान गरेको छ ।
नुवाकोट धादिङ र रसुवाको संयुक्त शाखाको रुपमा रहेको ब्याबसायी संघले ४ जना सफल ब्याबसायीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा पंचकन्या गाउपालीका वडा नं २ का हरि प्रसाद मिश्र , बिदुर नगरपालीका वडा नं ४ मा रहको श्रेष्ठ भेटेरीनरी फर्मा बट्टारका रमेश दास श्रेष्ठ, बिदुर १ ढुंगेमा रहेको थापा भेटेरीनरीका दिल बहादुर थापा , त्रिशुली कोलनीमा संचालनमा रहेको सनिता भेटेरीनरी सर्भिसका देब बहादुर शाहीलाई नेपाल पशुपन्छी औषधी ब्याबसायी संघ त्रिशुली शाखाको पाँचौ अधिबेशनको अबसरमा प्रमाण पत्र र खादाले सम्मान गरिएको आयोजकले बताएको छ । लामो समय सम्म समाज र नेपाल पशुपन्छी औषधी ब्याबसायी संघलाई पुर्याएको योगदानको उच्च कदर गर्दै संघले सम्मान गरेको निर्बतमान तथा सस्थापक अध्यक्ष धुर्व मिश्रले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्