१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल पशुपन्छी औषधी ब्याबसायी संघ त्रिशुली शाखाको अध्यक्षमा रामचन्द्र नेपाल

नेपाल पशुपन्छी औषधी ब्याबसायी संघ त्रिशुली शाखाको पाँचौ अधिबेशन सम्पन्न भएको छ ।
सनिबार सम्पन्न अधिबेशनले रामचन्द्र नेपालको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती चयन गरेको छ ।
समितीको उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ, सचिवमा नारायण श्रेष्ठ, सह सचिवमा हरी प्रसाद अधिकारी, कोषाध्यक्षमा रामकुमार ढकाल सर्वसम्मत निर्वाचित हुनु भएको छ । सदस्यहरुमा उमेश श्रेष्ठ, प्रतिमा बडाल, गोबिन्द नेपाल , राजेन्द्र प्रसाद तिवारी, र ईश्वर राई चयन हुन भएको छ ।
नुवाकोट धादिङ र रसुवाको संयुक्त शाखाको रुपमा रहेको त्रिशुली शाखाका नव निर्वाचित पदाधिकारीहरुलाई नेपाल पशुपन्छी औषधी ब्याबसायी संघका केन्द्रिय उपाध्यक्ष यज्ञराज ढकालले प्रमाण पत्र तथा टिका र खादाले सम्मान गर्नु भएको छ ।
नेपाल पशुपन्छी औषधी ब्याबसायी संघ त्रिशुली शाखाको पाचौ अधिबेशन त्रिशुली शाखाका सस्थापक अध्यक्ष्य तथा निबर्तमान अध्यक्ष ध्रुर्व मिश्र, संघका केद्रिय माहासचिव नारायण प्रसाद खनाल , केन्द्रिय सचिव नारायण बहादुर भुजेल, केन्द्रिय सदस्य पुरुषोत्तम पौडेल, सघंका बागमती प्रदेश अध्यक्ष केशब राज शर्मा, सचिव हरी बहादुर भुजेल , कोषाध्यक्ष ईश्वर बहादुर थापा, पुर्व केन्द्रिय सदस्य दिपेश थापा, बागमती प्रदेश सदस्य रामनाथ भट्ट लगाएतका नुवाकोट र रसुवामा भेटेरीनरी औषधी पसल संचालकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्