१२ श्रावण २०८१, शनिबार
Logo

पंचकन्या गाउपालीकाको प्रशासकिय भवनको शिलान्यास

बुधबार पंचकन्या गाउपालीकाले आफ्नो प्रशासकिय भवनको शिलान्यास गरेको छ । आज एक कार्यक्रमका बिच नेकपा नेता तथा पुर्व साम्सद हित बहादुर तामाङले उक्त भवन शिलान्यास गर्नु भएको हो ।

प्रशासकिय भवन करिब ८ करोड लगानीमा निर्माण गरिने गाउपालीकाले जानकारी दिएको छ । पुर्व सांसद हित बहादुर तामाङ कोषको ६० लाख, उपसभामुख राधिका तामाङको ४५ लाख , सांसद बद्रि मैनालीको २७ गरी केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारको संयुक्त लगानीमा उक्त भवन निर्माण सम्पन्न गरिने गाउपालीकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्