लिखु गाउपालीकामा निशुल्क आखा शिविर सम्पन्न

शनिबार लिखु गाउपालीकामा निशुल्क आखा शिविर सम्पन्न भएको छ । लिखु गाउपालीकाको आर्थिक सहयोग र लायन्स क्लब अफ काठमाठौको प्राबिधिक सहयोगमा शुक्रबार र शनिबार गरी ३ सय ४७ जनाको आखा परिक्षण गरिएको लिखु गाउपालीकाको स्वास्थ्य सहसंयोजक श्याम नारायण डंगोलले बताउनु भयो । ३ सय ४७ मध्ये १ सय सतासी महिला र १६० जना पुरुष रहेका छन् जस मध्ये ७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नु पर्ने भएको छ । शल्यक्रिया गर्नु पर्ने बिरामीहरुलाई एक दिन बिरायर लायन्स अस्पतालले गाउपालीकामै आएर लैजाने र निशुल्क शल्यकृया गरेर पठाउने लायन्स क्लबले जानकारी दिएको छ ।
आँखा शिबिरमा सबै उमेर समुहको सहभागिता रहे पनि बिषेस गरी ५० बर्ष नाघेकाहरुको शंख्या बढी रहेको आयोजकले बताएको छ ।
गाउपालीकामा आँखाको समस्या रहेको नागरिकहरुको अबस्थालाई मध्य नजर गर्दै आफुहरुले शिबिर संचालन गरेको अध्यक्ष धु्रर्व श्रेष्ठले जानकारि दिनु भयो । शल्यकृया गर्नु पर्ने ७५ जना नागरिकको खर्च गाउपालीकाले बेहोर्ने अध्यक्ष श्रेष्ठले बताउनु भएको छ । आगामी निकट भबिष्य मै आफ्नो पालीकालाई मोतिया बिन्दु मुक्त गाउपालीका बनाउने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
आँखा शिबिरमा लिखु गाउपालीका , सुर्यगढरुी गाउपालीका , शिभपुरी गाउपालीका दुप्चेश्वर र ककनी गाउपालीकाका नागरिकहरुले लाभ लिएका छन् । शिबिरमा निशुल्क औषधी बितरण भरिएको लिखु गाउपालीकाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्