२९ आश्विन २०७८, शुक्रबार
Logo
Hotel Yangra Nuwakot Trishuli

दुर्घटनामा मृत्युपछि आफन्तद्वारा प्रदर्शन

सनिबार राती गाडिको ठक्कर बाट नुवाकोटको लिखु गाउपालिका वडा नम्बर ३ पट्टाबारीमा एक युबकको ज्यान गएको छ । जिल्लाको सुर्यगढी गाउपालिका वडा नम्बर ५ काे घर भै लिखु ३ पट्टावारी बसाेवास गर्दै आएक कमानसिंङ तामाङकाे मृत्यु भएको हो ।

टोखा-छहरे-ढिकुरे सडक हुँदै काठमान्डौ बाट आउदै गरेको प्रदेस ३-०१-०२२ नम्बरको बोलेरो गाडिले बा६३प ४६९५ नम्बरको बाईकमा सवार तामाङलाई ठक्कर दिएको हो । घटना पछि आइतबार बिहानै देखि मृतकका आफन्त र स्थानियले दाेषी लाई कारबाही र पिडीत पक्षलाई क्षतिपूर्ति काे माग गर्दै ढिकुरे मा सवारी बन्द गराएका छन । लिखु ४ ढिकुरे बजारमा टायर बालेर सडक अबरुद्ध गरिएको कारण नुवाकोटबाट टोखा-छहरे-ढिकुरे भएर सन्चालन हुने सवारी साधन सन्चालन हुन सकेको छैन ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्