१२ श्रावण २०८१, शनिबार
Logo

आधुनिकताको नाममा आफ्नो तामाङ संस्कार भुल्नु हुन्न -अध्यक्ष रिना तामाङ

नेपाल तामाङ घेदुङ नुवाकोट जिल्ला संगठन अन्तर्गत विदुर नगरपालिका वडा नं ११ को आयोजनामा भातृ संगठनको संयुक्त प्रथम भेला बुधबार सम्पन्न भएको छ ।
पछिल्लो समय तामाङ समुदायले आफ्नो संस्कार संस्कृतिलाई बिर्सदै गएकाले युवाहरुले तामाङ भाषा ,धर्म ,संस्कृती जोगाउने काममा जोड दिनु पर्ने नेपाल तामाङ घेदुङ विदुर नगरपालिका वडा नं ११ का अध्यक्ष रिना तामाङले बताउनु भयो । अध्यक्ष तामाङले जन्म , बिवाह र मृत्यु संस्कार तामाङ समुदायले बिर्सदै गएकाले तामाङ संस्कार संरक्षण गर्ने जिम्मेवारी अबको पुस्ताको रहेको बताउनु भयो । तामाङ समुदायका ब्यक्तीहरुले साडी सिन्दुर पोते , मंगलसुत्रको साटो तामाङ सस्कृती बोकेको ग्या ,स्यामा ,टाङ्माला, मुङ्गामाला , मुइभालो , तोकै खती, क्रेकी फेटा लगाउनु पर्ने बताउनु भयो ।
पंचेबाजा सहनाई र ब्याडबाजको साटो टुङ्ना र डम्फुको प्रयोग गर्न सके मात्र आउने पिडीले तामाङ संस्कार र सस्कृतीलाई अनुभुती गर्ने अध्यक्ष तामाङले बताउनु भयो । उहाले स्कुल र क्याम्पसमा अब मातृ भाषमा पठनपाठन हुन आबश्यक रहेको बताउनु भयो ।
आधुनिकताको नक्कलसँगै आफ्नो मौलिकता हराउदै गएकोले भाषा संस्कृतिलाई जोगाउन युव पुस्तालाई संस्कृतिको महत्व बुझानुपर्ने नेपाल तामाङ घेदुङ नुवाकोटले बताएको छ ।
नेपाल तामाङ घेदुङ संघीय परिषदका केन्द्रिय सदस्य एवम नुवाकोट जील्ला अध्यक्ष जयमान वाईबाले संस्कृति पुस्तान्तरणमा युवा पुस्ताको भूमिका अहम रहने बताउनु भयो । जिल्ला अध्यक्ष वाइबाका अनुसार पूर्खाले विकास गरेका मौलिक कला संस्कृति, भेषभुषा र मौलिकतालाई जोगाउने जीम्मेवारी युवा पुस्ताको काँधमा आएको छ ।

नेपाल तामाङ घेदुङ विदुर न.पा वडा नं ११ को आयोजनामा भएको भेलाले विभिन्न भातृ संगठनका संयोजकहरु तोकेको छ । जस अन्तर्गत, ताम्बा घेदुङका संयोजक शान्त घले, लामा घेदुङका संयोजक धन बहादुर लामा, युवा घेदुङका संयोजक बलदेव लामा, महिला घेदुङका संयोजक सपना तामाङ, शिक्षा घेदुङका संयोजक कलावति घले, संस्कृति घेदुङका संयोजक रबिन लामा, बोम्बो घेदुङका संयोजक बाबुराम घले, विद्यार्थी घेदुङका संयोजक दिपक तामाङ रहेका छन् ।

कार्यक्रममा नुवाकोट घेदुङका संस्थापक सचिव तथा पूर्व केन्द्रिय सदस्य बाबुराम तामाङ, समाजसेवि तथा ठोरिय गुम्बाका संस्थापक श्रीकृष्ण तामाङ, समाजसेवि नवराज तामाङ, श्याम तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साक्य ठोरिय गुम्बा अन्तर्गत गत विदुर नगरपालिका वडा नं ११ का अध्यक्ष रिना तामाङको अध्यक्षतामा सम्पन्न भएको भेलामा इश्वर तामाङले स्वागत मन्तब्य राख्नु भएको हो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्