७ माघ २०८१, सोमबार
Logo

समाजसेवी शिव अधिकारी अविरलले नुवाकोट तारकेश्वर गाउँपालिकाका आमा समूहहरूलाई नगद सहयोग

शिव अधिकारीद्वारा एकैदिन आक्रमण शैलीमा तारकेश्वरका दर्जन बढी स्थानमा सामाजिक उत्थानकोलागी सहयोग गन्तव्य नेपालका अध्यक्ष तथा समाजसेवी शिव अधिकारी अविरलले नुवाकोट तारकेश्वर गाउँपालिकाका आमा समूहहरूलाई नगद सहयोग र विभिन्न युवा क्लबलाई स्ट्रेचर तथा खेलकुद सामग्री वितरण गरेका छन् ।

लामो समयदेखि समाजसेवामा सक्रिय अधिकारीले तारकेश्वरभरि महिला सशक्तीकरणसँगै युवा जागरण अभियान चलाइरहेका छन् । सोही अभियान अन्तर्गत आमा समूह तथा क्लब भेटघाटका लागि गाउँ पसेका अधिकारीले बिहीबार तारकेश्वर २,३ र ४ का दर्जन बढी आमा समूह तथा युवा क्लब र दुई मन्दिरलाई सहयोग गरे भने दुईवटा खेलकुद मैदान र एक खानेपानी आयोजना निर्माण अघि बढाउने प्रतिबद्धता जनाए । तिहारको पूर्वसन्ध्यामा एकै दिन तीन वडाका सात ठाउँमा भेटघाट गर्न पुगेका अधिकारीले स्थानीय आमा समूह, युवा क्लब, राजनीतिक तथा सामाजिक व्यक्तित्व, मन्दिर तथा सांस्कृतिक सम्पदासँग सम्बन्धित व्यक्तित्वहरूसँग भेटघाट गरी संक्षिप्त चियापान सहित शुभकामना आदान प्रदान गरेका थिए । तारुकाघाट : दुई युवा क्लबलाई स्ट्रेचर तथा खेलकुद सामग्री, फुटबल मैदानमा डोजर चलाउने प्रतिबद्धता तारकेश्वर-२, तारुका घाटमा रहेका आमा समूह, युवा क्लब तथा स्थानीयहरूसँगको भेटघाट, चियापान तथा शुभकामना आदान प्रदानका क्रममा अधिकारीले तारुकाघाटस्थित तारकेश्वर युवा क्लब र माझिगाउँ युवा क्लबलाई स्ट्रेचर तथा खेलकुद सामग्री प्रदान गरे ।

त्यसैक्रममा, उनले तारुकाघाटमा रहेको फुटबल मैदान व्यवस्थित गर्नका लागि ७ घण्टा डोजर चलाउने प्रतिबद्धता जनाए । आरुबोटे : आमा समूहलाई १ लाख नगद सहयोग, युवालाई स्ट्रेचर तथा खेलकुद सामग्री, फुटबल मैदानमा डोजर चलाउने प्रतिबद्धता तारकेश्वर-२, तारुका आरुबोटेमा रहेका आमा समूह, युवा क्लब तथा स्थानीयहरूसँगको भेटघाट, चियापान तथा शुभकामना आदान प्रदानका क्रममा अधिकारीले आरुबोटेस्थित आमा समूहलाई महिला सशक्तीकरणका लागि १ लाख रुपैयाँ नगद सहयोग गरे भने युवाहरूको जागरणका लागि स्ट्रेचर तथा खेलकुद सामग्री प्रदान गरियो ।

त्यसैक्रममा, उनले आरुबोटेमा रहेको फुटबल मैदान व्यवस्थित गर्नका लागि १० घण्टा डोजर चलाउने प्रतिबद्धता जनाए । ढकालगाउँ र ठाँटी : दुई आमा समूहलाई नगद सहयोग, युवा क्लबलाई स्ट्रेचर तथा खेलकुद सामग्री प्रदान तारकेश्वर-३, तारुका ढकालगाउँ र ठाँटीका आमा समूह, युवा क्लब तथा स्थानीयहरूसँगको भेटघाट, चियापान तथा शुभकामना आदान प्रदानका क्रममा अधिकारीले स्थानीय आमा समूहलाई महिला सशक्तीकरणका लागि ५०/५० हजार रुपैयाँ नगद सहयोग गरे । सोही क्रममा उनले रैकलधारास्थित गोरखनाथ युवा क्लबलाई युवा जागरणका लागि स्ट्रेचर तथा खेलकुद सामग्री प्रदान गरे । बलेदी : दलित बस्तीमा रहेको मन्दिरलाई रु. ५१,१११/- नगद सहयोग प्रदान गरे । तारकेश्वर-३, तारुका बलेदीका आमा समूह, युवा क्लब तथा स्थानीयहरूसँगको भेटघाट, चियापान तथा शुभकामना आदान प्रदानका क्रममा अधिकारीले बलेदीस्थित दलित बस्तीमा रहेको शिलादेवी मन्दिर व्यवस्थापनका लागि गिरिजाप्रसाद कोइराला फाउन्डेसन मार्फत रु. ५१,१११/- नगद सहयोग प्रदान गरे । भञ्ज्याङखर्क : आमा समूहहरूसँग भेटघाट, युवा क्लबलाई स्ट्रेचर तथा खेलकुद सामग्री प्रदान, फर्निचर सहयोग र खानेपानी आयोजना निर्माणको प्रतिबद्धता नुवाकोट तारकेश्वर गाउँपालिकाभित्र रहेका विभिन्न आमा समूह, युवा क्लब तथा स्थानीय साथीहरूसँग भेटघाट, चियापान तथा शुभकामना आदान प्रदान गर्ने क्रममा अधिकारीले तारकेश्वर-४, भञ्ज्याङखर्कमा रहेका दुई आमा समूहसँग भेटघाट गरी महिला सशक्तीकरणका सम्बन्धमा छलफल गरे ।

Shivapuri rural municipality awareness message jalapanews

सो क्रममा उनले सामुदायिक प्रयोजनका लागि फर्निचर सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसै क्रममा स्थानीय भञ्ज्याङखर्क युवा क्लबलाई युवा जागरणका लागि स्ट्रेचर तथा खेलकुद सामग्री प्रदान गरे भने खानेपानीको अभाव झेलिरहेका भञ्ज्याङखर्कवासीका लागि खानेपानी आयोजना निर्माण गर्ने प्रतिबद्धता जनाउँदै यथाशीघ्र मुहान पहिचान गरी सिफारिस गर्न स्थानीयलाई आग्रह गरे । बुधसिंह : स्थानीयहरूसँग भेटघाट, युवा क्लबलाई स्ट्रेचर तथा खेलकुद सामग्री, मन्दिर व्यवस्थापनका लागि नगद सहयोग बुधसिंहका स्थानीयहरूसँग भेटघाट, चियापान तथा शुभकामना आदान-प्रदान गर्ने क्रममा अधिकारीले तारकेश्वरको समग्र विकासका सम्बन्धमा बृहत् छलफल गरे ।

त्यसै क्रममा उनले स्थानीय बुधसिंह युवा क्लबलाई युवा जागरणका लागि स्ट्रेचर तथा खेलकुद सामग्री प्रदान गरे भने बुधसिंहस्थित राधाकृष्ण मन्दिर व्यवस्थापनमा सहयोग स्वरूप तत्कालका लागि २० हजार रुपैयाँ नगद सहयोग गर्दै आगामी दिनमा मन्दिर व्यवस्थापनका सम्बन्धमा सहकार्य गर्ने प्रतिबद्धता जनाए । यसैबीच, दुर्घटनावश गाउँमा शोकको अवस्था सिर्जना भएकाले तारकेश्वरका बाँकी तीन वडा (वडा नं १, ५ र ६) मा शुक्रबारका लागि तय गरिएका यस्तै प्रकृतिका आधा दर्जन कार्यक्रम स्थगन गरिएको जानकारी दिँदै अधिकारीले तिहारलगत्तै उपयुक्त समयमा ती कार्यक्रम सम्पन्न गरिने बताएका छन्

प्रतिक्रिया दिनुहोस्