१२ श्रावण २०८१, शनिबार
Logo

कबिताः हुनेछ सचिवालय बैठक !!

राम चन्द्र तिम्सिना (आवाज)-

बेलायती रक्सी, जर्मनी परफ्युम,

अमेरिकी र भारतिय एजेण्डा

 टेबुलमा सजाए पछि

Shivapuri rural municipality awareness message jalapanews

बल्ल शुरु हुनेछ सचिवालय बैठक !!

 भागबन्डामा किनबेच हुनेछ रास्ट्रीयता,

डलरमा साटिनेछन स्वाभिमान ,

गुट र उपगुटमा बिभक्त हुनेछन् दर्शन,

चाकडी र चाप्लुसिवादसंग लिलाम हुनेछन् सिद्धान्त ,

अनि शुरु हुनेछ सचिवालय बैठक !!

गुप्तचरी र जासुशिको योजनामा,

 प्रचण्ड र माकुने मनाउन ,

माफिया, तस्कर रिझाउन र नागरिक रुवाउने योजना सहित ,

 शुरु हुनेछ सचिवालय बैठक !!

 कर्णालीको बहस हुनेछ रातारात,

खाद्यान्न संकट बारे होईन सत्ता संकट बारे !

 चीन, जापान, बेल्जियम र अरबको चर्चा हुनेछ,

 बिकास र समृद्धिका लागि होईन राजदूत नियुक्ति बारे !

नुवाकोट ,धादिङ ,रसुवा अनि रोल्पा ,रुकुम र जाजरकोटको बहस हुनेछ

 आर्थिक बिकासको होईन राजनीतिक नियुक्तिको !!

दिन्कै हुन्छ दिन्कै हुनेछ ,

 सत्ता केन्द्रित बहस,

सत्ता केन्द्रित एजेन्डा,

सत्ता केन्द्रित भागबन्डा,

बिदेशी ह्विस्किको चुस्की संगै,

शुरु हुनेछ सचिवालय बैठक !!

 प्रचण्डलाई जुँगाको ताउ लगाउन,

माकुनेको अंशबण्डामा भाउ लगाउन,

ओलिको दम्भ र बामदेवको घमण्ड संगै

शुरु हुनेछ सचिवालय बैठक !!

मार्क्स, लेनिन र माओको सिद्धान्त गोजिमा बोकेर

पुँजिवादी संस्कार संगै, शुरु हुनेछ सचिवालय बैठक !!

 अन्त्य हुनेछ सचिवालय बैठक !!

प्रतिक्रिया दिनुहोस्