२८ आश्विन २०८१, सोमबार
Logo

जन गुनासो बढे पछि कपडा पसल तथा हार्डवयरको अनुगमन गर्दै जिल्ला प्रशासन

बजारमा अनियमीतता भैरहेको गुनासो आउन थाले पछि जिल्ला प्रशासन कार्यलय नुवाकोट र बिभिन्न कार्यलयहरुले आइतबार बजार अनुगमन गरेको छ । अनुगमन टोलीले बिदुर नगरपालीका वडा नं १ ढुंगे र त्रिशुली बजारका मासु पसल, कपडाकोठी र हार्डवयर पसलहरुको अनुगमन गरेको जिल्ला प्रशासन कार्यलय नुवाकोटले बताएको छ । टोलीले बिदुर नगरपालीका वडा नं १ को ढुंगे र त्रिशुली भित्री बजारमा रहका १५ वटा पसलमा अनुगमन गरेको छ ।

बिगतमा खाद्यन्न केन्द्रित भएर अनुगमन हुने गरेकोमा यो पटक भने लत्ता कपडा ,हार्डवयर र मासु पसलको अनुगमन गरि।एको छ । अन्य समानहरुको मुल्य सुचि रहने, दैनिक उपभोग्य समान हुने हुदा मुल्य थाहा हुने र सामानमा समेत मुल्य लेखिने हुदा सहज हुने अनुगमन कपडा र हार्डवयरका सामान मा भने अन्यौल रहको उपभोक्ता हित संरक्षण मंच नुवाकोटका अध्यक्ष इन्द्र पंिडत बताउनु हुन्छ । अध्यक्ष पंिडतका अनुसार ब्यापारी हरुको बिश्वार र भरोसामा मात्र हार्ड वयरका सामान र कपडाहरु बिक्री हुने गरेको छ । कुन सामान लाई कती मुल्य भन्ने निर्धारण नहुदा सर्वसाधारण मर्कामा पर्ने गरको पंडितको भनाइ रहेको छ । अध्यक्ष पंडितका अनुसार हार्डवयर र कपडाको बजार अनुगमन प्रभावकारी नरहेका पाइएको छ ।

अनुगमन मासु पसलहरु फोहोर रहेको, मुल्य सुचि नभएका ब्याबसायीहरुले दर्ता नगरिएको पसल संचालन गरेको पाइएको जिल्ला प्रशासन कार्यलय नुवाकोटले बताएको छ ।

त्यस्तै कपडा पसल र हार्डवयर पसलहरुमा खरिद बिक्री बिल नभएको, दर्ता नगरी संचतालन भएको पाइएको जिल्ला प्रशासन कार्यलय नुवाकोटले बताएको छ । यो पहिलो चरणको अनुगमन भएकाले सम्झाइ बुझाई गरी १५ दिन भित्र कानुनी प्रकृया पुरा गरी ब्याबसाय संचालन गर्न अनुरोध गरिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्