१२ मंसिर २०७९, सोमबार
Logo
final gp koirala advert

नुवाकोटे गायक तथा मोडल सुवास शर्मा को दशैँ तिहार बजारमा…


बिगत लामो समय देखी गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै आउनुभएको गायक तथा मोडल सुवास शर्माले बिगत का बर्षहरुमा जस्तै यो पटक पनि दशैँ तिहार विशेष सांगीतीक कोशेली बजारमा ल्याउनु भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान बाग्मती प्रदेशका साँस्कृतिक संयोजक समेत रहनु भएको शर्माले समान्य ग्रामिण समाजमा हुने गरेका तितो यथार्थलाई चित्रण गर्दै लामो समय पश्चात बिदेशबाट फर्कि आफ्नै घर परिवार संग चाडपर्व मनाउने खुसी ब्यक्त गरिएको उक्त गीतमा सुवास शर्मा र पुजा गिरी को आवाज रहेको छ । राजु रिजालको लय शब्द मा श्रृजना गरिएको उक्त सांगीतिक कोसेलीको निर्माण पक्ष भने मिलन फिल्मस् प्रा.लि को रहेको छ । निकै नै मर्मस्पर्सी भावले ओतप्रोत उक्त गीतमा सुवास शर्मा र करुणा पाण्डे को मुख्य अभिनय रहेको छ । बाल कलाकार रोसनी गिरी को साथमा कलाकारहरु राजु रिजाल,दुर्गा गिरी,बिमला बस्नेत, बिस्णु श्रेष्ठ, मदन खत्री, बिष्णु खत्री लगायतको अभिनय रहेको छ ।

मिलन श्रेष्ठको निर्देशनमा तयार भएको उक्त दशैँ तिहार विशेष गीत का निर्माता सागर शर्मा हुनुहुन्छ । दशैँका गतिबिधी हरुलाई जिवन्त रुपमा प्रस्ट्याईएको उक्त गीतमा तिहारका रमझम साथै भाईटिका सम्बन्धी यथार्थपरक चित्रण समावेश गरिएको छ । सबै खालका गीत संगीतमा उत्तिकै अब्बल शर्माका पछिल्ला समयका श्रृजनाहरुले सफलता हाँसिल गरेको पाउन सकिन्छ । संगीत बिधामै मास्टर्स गरेका शर्माका बाध्यवादनका साथै गीत लेखन,मोडलिङ्,गायन,लय श्रृजनामा समेत राम्रो ज्ञान रहेको पाउन सकिन्छ ।

बिदेश जाने र चाडपर्वमा घरपरिवार संग गुनासो पोख्ने बजारका एकै खालको सांकेतिक चित्रलाई परिमार्जित गरि संगै परिवार संग रहेर चाडपर्व मान्ने बिषयबस्तुलाई अत्यन्तै मर्मस्पर्सी ढंगले प्रस्तुत गरिएको यस गीतलाई सार्वजनिक भएको केही दिनमै श्रोता तथा दर्शकले अत्याधिक रुचाएको पाइन्छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्