कृषक खड्काले रोपेको ड्राइगन फलले उत्पादन दिन थाल्यो ,
नुवाकोटमा ड्राइगन फलको ब्याबसायिक उत्पादन सुरु भएको छ । बिदुर नगरपालीका वडा नं ९ सिल्ट्यांकीमा गुन्जमान ड्राइगन फल कृषी फमले उत्पादन भए सगै बिक्रि सुरु गरेको हो ।
स्थानिय नेताका रुपमा स्थापित केशब बहादुर आजकल आफ्ना कान्छो छोराको साथमा ड्राइगन फल खेतीमा ब्यास्त हुनुहुन्छ । उक्त फल यती बेला पाकेर धमाधम टिप्ने समय भएको छ । १४ महिना अगाडी उहाले आफ्नो खेतमा रोप्नु भएको १ सय बोट ड्राइगन फलले अहिले उत्पादन दिन थालेको छ । अहिले खड्काले रोप्नु भएको ति ड्राइगनका बोटमा आधा किलो सम्मको ड्राइगन पाकेर रातै भएका छन् । स्वास्थयका लागी फाइदाजनक मानीने यो फल नुवाकोटको लागी निकै नया छ ।
खड्काले बिगतमा धान मकै खेती गर्दै आइरहेको जग्गामा आठ आठ मिटरको फरकमा पक्की पिल्लर ठडीएका छन् ती पिल्लरको माथी रिङ्ग राखिएको छ । ड्राइगन झाँगिदै गए पछि ति रिङमा बेरिन्छन् र फल्छन् ।
दिनमा आठ दश जना ड्राइगन खेती हेर्न र यस बिषयमा जानकारी लिन खड्काको खेतमा नुवाकोट र रसुवाका नागरिहरु पुग्छन् । केशबले सबैलाई अब ड्राइन खेती यहको सुहाउदो र नगदेबाली रहेकाले सबैले उत्पादन सुरु गर्नु पर्ने बताउदै फल टिप्ने र गोडमेल गर्ने काम गरिरहनु हुन्छ । यो पेसा गर्न नुवाकोटका युवाहरु पनि आर्कर्षीत रहेकाले निशुल्क परामर्श दिने उहाले बताउनु भयो । उहा रोपेको १४ महिनामा उत्पादन दिने बताउनु हुन्छ ।
खड्काका अनुसार नेपालमा गुणस्तरीय बेर्ना नपाइने हुदा अष्ट्रेलियाबाट बेर्ना र आबश्यक औसधी मगाउने गरिएको छ । अष्ट्रेलिया बसेर जेठो छोराले औषधी र बिउ सहयोग गरेको र इन्जीनिरिङ पढेका आफ्ना कान्छा छोराले जागिर छोडेर घरमै बसेर यो ब्याबसायमा सहयोग गरेको उहा बताउनु हुन्छ । पर्पर कलरको ड्राइगन गुणस्तरको रहेको भन्दै आफुले नुवाकोटे जनताको लागी गुणस्तरीय फल उत्पादन गर्न बिदेश बाट बिउ मगाउनु गरेको बताउनु हुन्छ । गुन्जमान ड्राइगन फल कृषी फमका अनुसार एउटा बोटबाट एक बर्षमा ४० केजी सम्म उत्पादन हुने र एक केजी को १ हजार रुपैयामा बिक्री हुने गरेको छ । अहिले गुन्जमान ड्राइगन फल कृषी फमले १० रोपनी जमिनमा खेती लगाएको छ । अब बिदुर नगरपालीका वडा नं २ मा रहेको आफ्नो सात रोपनी जमिनमा समेत खेती बिस्तार गर्ने ब्याबसायी खड्काले बताउनु भयो ।
केशब बहादुर खड्काले असार देखी भाद्र सम्ममा १ सय बोट ड्राइगनबाट ४ लाख ७५ हजार आम्दानी गरि सक्नु भएको छ । आफु र आफ्ना छोराको साथमा २ जना कामदार पनि छन् । उहाले ड्राइगन फल उत्पादन गर्न प्राँगारिक मल प्रयोग गर्नु हुन्छ ।
लगानी गरेको छोटो समयमा उत्पादन दिने, लगानीको प्रतिफल छिटो उठाउन सकिने ,स्वास्थ्यको लागी उपयुक्त मानिने , नुवाकोटको हावा पानीमा उपयुक्त हुने कृषी ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशब खनाल बताउनु हुन्छ । कृषी ज्ञान केन्द्र नुवाकोटका प्रमुख खनालका अनुसार धेरै पानी नचाहीने भएकाले सिंचाइको सुबिधा नभएको जमिनको लागी पनि उपयुक्त छ ।
प्रतिक्रिया दिनुहोस्