१२ श्रावण २०८१, शनिबार
Logo

ध्याङफेदीका बिस्थापित नागरिकहरुलाई पानी ट्यांकी र स्थास्थ्य सामाग्री हस्तान्तरण

दुप्चेश्वर गाउपालीका वडा नं १ ध्याङफेदी स्थित सिसिपुका पहिरो पिडीतहरुलाई आबश्यक सामाग्री हस्तान्तरण गरिएको छ । शनिबार पहिरोको कारण बिस्थापित भएका १३४ घर परिवारलाई अत्याबश्यक सामाग्री हस्तान्तरण गरिएको गैरसरकारी संस्था चेन्ज एक्सन नेपालले जानकारी दिएको छ ।
सस्थाले १ हजार लिटरको ३ थान ट्याङ्की, सय थान फिल्टर, महिलाहरुका लागि स्यानेटरी प्याड, विद्यार्थीहरुको लागी खेलकुदका सामाग्री माक्स, ह्यान्ड स्यानिटाइजर, ह्यान्डवास थर्मलगन लगाएतका सामाग्री प्रदान गरिएको छ । उक्त सामाग्री लिएर चेन्ज एक्सनको तर्फबाट मानव अधिकारकर्मी इन्दिरा घले र आरोही शर्मिला स्याङ्तान सीसीपु पुग्नु भएको थियो ।
गत भाद्र २३ गते लगातारको बर्षा पछि पहिरो खसेर बिस्थापित हुन पुगेका नागरिकहरुलाई भाद्र २९ गते संघिय सांसद हित बहादुर तामाङको बिशेष पहलमा र बिपद ब्याबस्थापन समिती, गाउपालीका लगाएतको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्