९ माघ २०७८, आईतबार
Logo
final gp koirala advert

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय एक

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १२ सय चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६२ हजार सात सय ९७ पुगेको छ । गएको २४ घण्टामा १० हजार तीन सय ३३ जनाको पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

यस्तै गएको २४ घण्टामा १४ सय ४७ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणबाट निकाे भएर घर फर्कनेको संख्या ४५ हजार दुई सय ६७ पुगेको छ । अब नेपालमा १७ हजार एक सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै सात हजार सात सय ३५ जना क्वरेण्टीनमा रहेका छन्

प्रतिक्रिया दिनुहोस्