बिदुर नगरपालीकाले पिसिआर मेसिन खरिद प्रकृयामा गरेको भ्रष्टाचार बिरुद्ध अख्तियारमा मुद्धा दायर
पछिल्लो केही हप्तामा डिप बोरिङमा अनियमिता, बालुवा तस्करलाई संरक्षणका कारण आलोचना खेपिरहेको बिदुर नगरपालिकाले अहिले पिसिआर मेसिन खदिर प्रकृया मै मोटो रकम चलखेल गरेको खुल्न आएको छ ।
नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद खतिवडाले सांसद पूर्वाधार विकास कोषको रकमबाट विदुर नगरपालिकालाई शोधभर्ना गर्ने गरी खरिद गर्न लागिएको पिसिआर मेसिनको जिम्मा कम मूल्य प्रस्ताव गर्नेलाई नदिएर बढी मूल्य प्रस्ताव गर्नेलाई दिए सगै चौतर्फी बिरोध सुरु भएको हो । अनलाइन टेण्डरमा ५ कम्पनि सहभागी रहेको र सबै भन्दा कम मुल्य पर्ने कम्पनिलाई नदिई सबैभन्दा बढी रकम कबोल गर्ने कम्पनीलाई मेसिन खरिदको जिम्मा दिने निर्णय गरे सगै बिदुर नगरपालिकाको नियत माथी प्रश्न उठेको छ ।
भ्याटसहित ६१ लाख रूपैयाँ प्रस्ताव गरेको कम्पनी सि कन्सेप्टलाई पन्छाएर चौँथो नम्बरको भ्याटसहित ७६ लाख ३ हजार रूपैयाँ प्रस्ताव गर्ने मेनका इन्टरप्राइजेजलाई खरिदको जिम्मा दिने गरी टेण्डर स्वीकृत गरेको छ ।
यसै बिषयलाइ लिएर सि कन्सेप्टका प्रतिनिधी बसन्तराज केसीले सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई पन्छाएर चार नम्बरको कम्पनीलाई खरिदको जिम्मा दिएको भन्दै कानुनी उपचारमा गएको बताएका छन् । उनले नगरपालीका बिरुद्ध अख्तियारमा उजुरी दिएका छन् । केसीले भाद्र १५ गते टेण्डर खोलमा टेण्डर स्वीकृत भएको आशयपत्रको सूचना भने भाद्र २७ गतेमात्र प्रकाशित गरेको बताए । यहि समयमा कमिसनको फाइनल डिल र मेनकाका लागि मिल्नेगरी मूल्यांकनको काम भएको हुन सक्ने केसीको बताए ।
आफु बाहेका अन्य तिन कम्पनिले मेनका इन्टरप्राइजेजले भन्दा कम मुल्यमा प्रस्ताव गरे पनि नगरपालीकाले सबै भन्दा बढी प्रस्तावित कम्पनिलाई स्वीकृत गर्नुले मोटो रकमको साटगांठ भएको केसीले बताए ।
भ्रस्टाचारलाई कानुनि प्रकृयामा गडबढ भन्दै आफ्ना भ्रष्टाचार लुकाउदै अनेक प्रचार बाजि गर्ने बिदुर नगरपालीकाको डिप बोरिङको चर्चा सेलाउन नपाउदै पिसिआर मेसिन खरिदमा देखिएको यो कमिशनको खेलले नगरपालीकाको बेथिती र भ्रष्टाचारलाई उदांग पारेको छ । ।
बिदुर नगरपालीकाको पिसीआर मेसिन खरिद प्रकृयामा कमिशनको खेल भएको भन्दै नागरिकहरुले बिरोध जनाइ रहेका छन् ।
मेयर सञ्जु पण्डितका विश्वास पात्र जनसम्पर्क अधिकृत रामहरि अधिकारीले टेण्डरको सूचना प्रकाशन अगावै मेनका इन्टरप्राइजेजलाई कमिशनको डिल सहित खरिदको जिम्मा दिइएको आंकलन गरिएको छ ।
उसो त मेयरका बिश्वास पात्र जनसम्पर्क अधिकृत रामहरी अधिकारीलाई बिदुरका नागरिकहरुले सेकेन्ड मेयरको रुपमा चिन्ने गरेका छन् । मेयरसंग कामका लागी जादा पहिला उनलाई नै भेटर समस्या सुनाउन पर्ने र अनेक बखेडा झिकेर नागरिकलाई समस्या समाधानको साटो दुख दिने गरेको आम नागरिकहरुले गुनासो गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्