१२ श्रावण २०८१, शनिबार
Logo

म्यागङ गाउपालीका नेकपाको सपथ ग्रहण कार्यक्रम सम्पन्न

म्यागङ गाउपालीका नेकपा गाउ कमिटी सदस्यहरुले आज शुक्रबार सपथ ग्रहण गरेका छन् । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले गाउपालिका कमिटीका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।

बुद्धि बहादुर तामाङको नेतृत्वमा रहेको ७५ सदस्यीय कमिटीको सपथ ग्रहण सम्पन्न भएको नेकपा नुवाकोटका प्रचारप्रसार बिभाग प्रमुख तथा बागमति प्रदेशसभा सदस्य बद्रि मैनालीले बताउनु भयो ।
सपथ ग्रहण कार्यक्रममा अध्यक्ष खतिवडाले गाउकमिटीले पुर्णता पाए सगै फुलकमिटी कार्यलय टिम अर्थात पालिकाका ७५ जना सदस्यहरुको बैठक बसि पालिकाको सबै वडामा संगठन बिस्तार हुने बताउनु भयो । उहाले माहामारीको अबस्थामा सम्पुर्ण गाउपालीकाका नागरिुकहरुमा सुरक्षीत रहन समेत सचेत गराउनु भयो । समुदायका हरेक गतिबिधीमा सघाउन अध्यक्ष खतिवडाले गाउपालीका कमिटीलाई आग्रह गर्नु भएको छ ।
कोरोना भाइरस कोभिड १९ को माहामारीको अबस्थालाई मध्य नजर गर्दै शुरक्षित साथ सुरक्षाका माप दण्ड प्रयोग गरी कार्यक्रम आयोजना गरेको नेकपा म्यागङले बताएको छ ।
सपथ ग्रहण कार्यक्रममा जिल्ला कमिटीका सचिव एवं प्रतिनिधिसभाका सदस्य नारायण खतिवडा, नेकपा बागमती प्रदेश कमिटीका सदस्य एवं बागमती प्रदेशसभाका सदस्य केशवराज पाण्डे, बागमती प्रदेश कमिटीका सदस्य एवं नेकपा नुवाकोटका संस्थापक रामशरण प्याकुरेल, नेकपा बागमती प्रदेश कमिटी सदस्य विन्दा ढुंगाना, सुभद्रा नेपाल लगायतका नेताहरू उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्