१२ श्रावण २०८१, शनिबार
Logo

यसै बर्ष देखी पाोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले बाली, पशु विज्ञान र होटल व्यवस्थापनको कक्षा संचालन गर्ने

तत्कालनी माओवादी केन्द्रका महासचिव रहेका नुवाकोटका भद्र र शालिन नेता स्वर्गीय पोष्ट बहादुर बोगटीको स्मृतिमा स्थापना भएको बहुप्राविधिक शिक्षालयले शैक्षिक गतीबिधी संचालन गर्न अनुमती पाएको छ ।
पाोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् (सीटीभीटी)ले शैक्षिक कार्यक्रम सञ्चालनको लागी अनुमति दिएको छ । शिक्षालयका लागि बाली विज्ञान, पशु विज्ञान र होटल व्यवस्थापनको कार्यक्रम स्वीकृत गरेको हो ।
सिटीभिटीले शिक्षालयमा अध्ययन हुने बिषयको लागी कोटा समेत निर्धारण गरेको छ । शिक्षालयले बाली बिज्ञानमा ४० जना, पशु बिज्ञानमा ४० जना र होटल ब्याबस्थापनमा ४० जना बिद्यार्थीहरुले अध्ययन गर्न पाउने छन् ।
शिक्षालयले त्रिभुवन त्रिशुली क्याम्पसको भवन प्रयोग गरी अध्ययन गराउने निर्णय भएको छ ।
यसै वर्ष स्थापना भएको पूर्ण सरकारी शिक्षालयको स्थायी भवन विदुर नगरपालिका वडा नम्बर १ को सिमुटारमा बनाउने विषयमा यसअघि निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्