१२ श्रावण २०८१, शनिबार
Logo

अवैध रुपमा बालुवा उत्खनन् गर्ने ११ सवारी साधन प्रहरी नियन्त्रणमा

अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन गर्ने र नदीजन्य सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिगेको छ ।

बेलकोटगढी नगरपालिका २ चाउथे दोभानस्थित चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न १ थान स्काईभेटर, ७ थान टिपर र ३ थान आईचर गरी ११ वटा सवारी साधनलाई बुधबार नियन्त्रणमा लिएको नुवाकोट प्रहरीले जानकारी दिएको छ ।
ठुला उपकरण ( स्काईभेटर ) को प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन् गरि रहेकै अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्