१२ श्रावण २०८१, शनिबार
Logo

पुँजिवादी कोरोनाले श्रमजीवीको बेहाल भो !

रामचन्द्र तिम्सिना (आवाज)

पुँजिवादी कोरोनाले
श्रमजीवीको बेहाल भो !
ब्यापारी सरकार मालामाल
सर्वहारा मजदुरको फटेहाल भो !

बुद्ध जन्मेको भुमिमा
बुद्धिको अनिकाल पो पर्यो कि ?
स्वाभिमानी नेताको मुटुमा
स्वामी भक्ती पो बढ्यो कि ?

मौन छन जनता मस्त छन सरकार
मिलेमत्तो पो भयो कि ?
रोगले भन्दा शोकले मर्दैछन गरिब
लकडाउनले थुनेर सोत्तर पो भयो कि ?

Shivapuri rural municipality awareness message jalapanews

पहरा गर्ने स्वयम्भुको तिनै नेत्र
बन्द भएछ क्यारे !

रक्षा गर्ने पशुपतिको शक्ति
अन्तै बसाई गएछ क्यारे !

खै भगवान खै सरकार ?

बुद्धको शान्त अनुहारमा पनि
चिन्ताको रेखा भेट्छु म !

स्वयम्भुको मौन आँखामा पनि
विवशताको आँशु देख्छु म !

विशाल हिमालको छातीमा
आजभोलि बिजुली चम्किदैछ अरे !

संधै शान्त हुने ती गाउँ बेसिमा
पनि चट्टान थर्किदैछ अरे !

मन उदाँश छ ,सोच्दै छु
कहीं शाहीदको बलिदान
त्यसै खेर जाने त होईन ?

लुटेरा हरु तयार छन बस्ती लुट्न
कहीं पुर्खाको धरोहर लुटि लाने त होईन ?

प्रतिक्रिया दिनुहोस्