खुशी मनाउनौं निजामती हुनाले
बद्रिनाथ गैह्रे –
आज भाद्र २२ खुशी मनाउनौं निजामती हुनाले
समस्याका पोकाहरु कसौं आऊ सेवाका तुनाले ।
न तलब खान पुग्ने छ न त अरु सुविधा नै छ
तर पनि खुशी नै छु भन्छ है यो मनको कुनाले ।
आफैं मात्र जीउने हैन अरुलाई नि जीउन देऊ
त्यसै खुशी मिल्छ साथी अरुको खुशीले छुनाले ।
राख्नुहुन्न ईष्याभाव कसैको सबैको भलो चिताउँ
बढिन्न है साथि अगाडी आफैं मात्र सम्झी रुनाले ।
देश बदल्नु छ बदल्नु छ गाउँ शहर आफैंलाई
आउ हातमा हात मिलाउँ निजामती हुनाले ।
आज भाद्र २२ खुशी मनाउनौं निजामती हुनाले
समस्याका पोकाहरु कसौं आऊ सेवाका तुनाले ।
प्रतिक्रिया दिनुहोस्