१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर नेकपाको सपथ ग्रहण कार्यक्रममै दर्जनौ युवा कांग्रेस छाडी नेकपामा प्रबेस ,

तारकेश्वर गाउपालीका वडा नं १, ५ र ६ का नेकपा गाउ कमिटी सदस्यहरुले हिजो शुक्रबार सपथ ग्रहण गरेका छन् । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले तिन वटै वडाका नेकपाका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।

सपथ ग्रहण कार्यक्रममा अध्यक्ष खतिवडाले छिट्टै कार्यलय टिम बन्ने बताउनु भएको छ । गाउकमिटीले पुर्णता पाए सगै फुलकमिटी कार्यलय टिम अर्थात पालिकाका ७५ जना सदस्यहरुको बैठक बसि पालिकाको छ वटै वडामा संगठन बिस्तार गर्ने उहाले बताउनु भयो । कोरोना भाइरस कोभिड १९ को माहामारीको अबस्थालाई मध्य नजर गर्दै शुरक्षित साथ समुदायका हरेक गतिबिधीमा सघाउन अध्यक्ष खतिवडाले निर्देशन दिनु भएको छ । उहाले हिजो सपथ लिने ३२ जना गाउकमिटी सदस्यहरुलाई जनताको हक हितको लागी आजै देखि काम गर्न समेत निर्देशन दिनु भयो ।
नेपाली कांग्रेस परित्याग गरि तारकेश्वर गाउपालीकाका बिभिन्न वडाका १ दर्जन भन्दा बढी ब्यक्तीहरु नेकपा प्रबेश गरेको छन् । अध्यक्ष खतिवडाले नेपाली कांग्रेस परित्याग गरि नेकपा प्रबेश गरेका कार्यकर्ताहरुलाई नेपाल कम्युनिष्ट पाटीको निती नियम र शिद्धान्तको पालना गरि जनताको हक हितको लागी काम गर्न समेत आग्रह गर्नु भयो ।


नेकपा गाउकमिटि अध्यक्ष केशब घिमीरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा बागमती प्रदेश सदस्य बिन्दा ढुंगाना ,सुभद्रा नेपाल, नेकपा क्षेत्रिय संयोजक राजकुमार रेग्मी, सचिव हरि अधिकारी, जिल्ला सचिवालय सदस्यहरु राजेन्द्र न्यौपाने , सम्मर बहादुर आले मगर, जिल्ला सदस्यहरु हरि रिमाल , रमेश बहादुर वस्ती,चुडामणी गजुरेल, धादिङ जिल्ला कमिटी सदस्य बिनोद रिमाल, आमन्त्रित जिल्ला सदस्य तारादेबी रिमाल लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्