१२ श्रावण २०८१, शनिबार
Logo

आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदै

logo of jalapa news

आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदैछ । सार्क महासन्धी २००२ लाई विक्रम सम्बत् २०६३ साल भदौ २० गते प्रतिनिधि सभाले अनुमोदन गरेको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

यसपटक सरकारले ‘मानव बेचबिखन तथा ओसारपसारको अन्त्य, सुसंस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य’ भन्ने नाराका साथ याे दिवस मनाउँदैछ । दिवसको अवसरमा शुभकामना दिँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपालले कानुनी रुपमा मानव बेचबिखनलाई जघन्य अपराधको रुपमा व्याख्या गरेको भन्दै यसको अन्त्यमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

उहाँले मानव बेचबिखन र ओसारपसार व्यक्ति, परिवार, समुदाय र देशभित्रको मात्रै नभई विश्वव्यापी समस्या भएको बताउनुभएको छ । गरिबी र अशिक्षाको फाइदा उठाएर मानव बेचबिखन भइरहेको भन्दै मन्त्री गुरुङले यसको रोकथामको लागि शिक्षामा लगानी गर्नुपर्ने पनि बताउनुभयो ।

कोरोना महामारीकै बीचमा बेचबिखनका क्रममा भारत पुर्‍याइएका २१ जना महिलाको उद्धार भएको मन्त्रालयले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्