१२ श्रावण २०८१, शनिबार
Logo

बहुप्रतिभाशाली गायक राजु परियार र गायिका पुजा क्षेत्रीको “के मा चित्त दुख्यो मयालै ” बजारमा – (भिडियो सहित)

गत बर्षको सुपरहिट गीत तिम्रो मायाको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्ष लोकदोहोरी कोसेली “के मा चित्त दुख्यो मयालै” लिएर आएकी छिन् ।
चर्चित सर्जक शिब हमालको लय तथा शब्द, मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोमा अजय रेग्मीले छाँयाकन तथा प्रबिन भट्टको सम्पादन रहेको छ । सदाबहार लोकदोहोरी गायक राजु परियार र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको दोहोरी गीत “के मा चित्त दुख्यो मयालै” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानलबाट केही दिन अगाडी मात्रै (भिडियो सहित) बजारमा सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्