१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

नायक दिलिप रायमाझीको अभिनयमा ‘नेपाली म हुन सकु’ सार्वजनिक ( भिडियो )

गीतकार यम प्रसाद आचार्यले आफ्ना भावानाहरुलाई समेटेर रास्ट्रीय भाव समेटेको ‘नेपाली म हुन सकु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
नेपाली अब उठ्न र जुट्न जरुरी छ र देशलाई समस्या पर्दा ज्यान पनि दिन सकु भन्ने संदेश यस गीतमा व्यक्त गरिएको छ। गीतमा स्वर प्रमोद खरेल रहेको छ भने शब्द यम प्रसाद आचार्यको रहेको छ। यस गीतलाई दीपकराज बिश्वकर्माले संगीतवद्द गरेका हुन्।
म्युजिक भिडियोमा सदाबहार नायक दिलिप रायमाझी फिचर्ड छन्। भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन्।नारायण काँईलो प्रति विशेष धन्यवाद व्यक्त गरिएको यस भिडियोलाई प्रकाश धितालको निर्देशनमा भिडियो तयार पारिएको हो।
भिडियोले दर्शक , स्रोता र मिडिया हाउसबाट राम्रो साथ पाइरहेको छ । नेपाललाई माया गर्ने हरेक नेपालीले यस गीतलाई माया गरिदिन निर्माण आग्रह गरेका छन्।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्