१२ श्रावण २०८१, शनिबार
Logo

धादिङ – नुवाकोट समाज युकेले त्रिशुली अस्पताल र धादिङ जिल्ला अस्पताललाई पोर्टेबल अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण गर्यो ।

युकेमा बस्ने नेपालीहरुको सहयोगमा खरिद भएको पोर्टेबल अक्सिजन कन्सेनट्रेटर त्रिशुली अस्पताल नुवाकोट र धादिङ जिल्ला अस्पतालको लागी धादिङ नुवाकोट समाज युकेले सोमबार हस्तान्तरण गरेको छ । समाजले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जिल्ला अस्पतालका प्रतिनिधि बोलाएर पोर्टेबल अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण गरेको हो ।
समाजले त्रिशुली अस्पताल ब्याबस्थापन समितीका अध्यक्ष अजुर्न न्यौपाने र धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर महेन्द्र धमलालाई धादिङ नुवाकोट समाज युकेका अध्यक्ष चोक बहादुर तामाङले पोर्टेबल अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा संघिय सांसद हित बहादुर तामाङ, पुर्वमन्त्री दिलमान तामाङ, प्रशुराम तामाङ वाग्मती प्रदेश सभा सदस्य डा राजेन्द्र अधिकारी, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्