अबैध उत्खनन गर्ने स्काभेटर र शेराबाट बा.२.क. १७११ नम्बरको ट्रिपर कारबाहीमा

नुवाकोटमा अबैध नदिजन्य पदार्थको दोहन तथा ओसारपसार गर्ने सवारी साधन कारबाहीमा पर्न थालेका छन् । मध्ये दिनमा तस्करहरुले उत्खनन गरीरहेको समयमा नुवाकोट प्रहरीले उत्खननमा प्रयोग भएको स्काभेटर नियन्त्रण लिएको छ ।
असाढ १ देखी भाद्र मसान्तसम्म (३ महिना ) नदिजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न प्रतिबन्ध लगाईएकोमा उक्त निर्णयको बर्खिलाप नदी दोहन गरिरहेका स्काभेटर कारबाहीमा परेको छ । बेलकोटगढी नगरपालीका वडा नं ३ ठुलो बगर स्थित कोल्पु खोलाको किनारमा स्काभेटर प्रयोग गरी नदिजन्य पदार्थ उत्खनन गरी रहेको समयमा जिल्ला प्रहरी कार्यलय नुवाकोट द्धारा गस्तीमा खटिएको प्रहरीले नियन्त्रणमा लिई जिल्ला समन्वय समिति नुवाकोटमा बुझाईए छ । बिहिबार त्रिशुली नदिको किनारमा अबैध उत्खननमा प्रयोग भएको स्काभेटरबाट ५० हजार जरिवाना अशुली गरेको नुवाकोट प्रहरीले जनाएको छ ।
त्यस्तै शुक्रबार अबैध बालुवा ढुवानी गरिरहेको बा.२.क. १७११ नम्बरको ट्रिपर नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ । बिदुर नगरपालीका वडा नं ५ शेराबाट बा.२.क. १७११ नम्बरको ट्रिपर अबैध बालुवा लोड गरि रहेकै समयमा प्रहरीले नियन्त्रण परेको हो । उक्त अबैध उत्खननमा प्रयोग भएको ट्रिपरबाट २५ हजार रुपैया जरीवाना अशुली भएको छ ।
असार १ गते देखी हाल सम्म १३ वटा ट्रिपर, एउटा आईचर, २ वटा ट्रयाक्टर र २ वटा स्काभेटरलाई नियन्त्रण लिगी आबश्यक कारबाही गरेको नुवाकोट प्रहरीले जनाएको छ । अबैध उत्खननमा प्रयोग भएको सवारी साधन तथा स्काभेटरबाट रु.४ लाख १५ हजार राजस्व संकलन गरिएको छ भने एउटा स्काभेटर कारबाहीको पकृृयामा रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्