१२ श्रावण २०८१, शनिबार
Logo

सन्तोष बजगाईको मौलिक तीज गीत “कालुको माया” सार्वजनिक (भिडियो सहित)

मौलिक गीतसंगीत मात्र सिर्जना गर्नुपर्छ अनि मात्रै कलाकारलाई राष्ट्रको गहना मान्न सकिन्छ । गीतसंगीतको क्षेत्रमा यही भावना लिएर अगाडि बढ्दै गरेका नवकलाकार हुन् सन्तोष बजगाईं ।

उनैको लय तथा शब्द सिर्जनामा वर्षा सिलवालको स्वर रहेको ‘नारी त यस्तो हो भन्छु’ तिज गीत सार्वजनिक भएको छ । उक्त गीतमा पतिपत्नीबीचको सुमधुर प्रेम सम्बन्धलाई उजागर गरिएको छ ।

नारीविना सृष्टि चलाउन नसकिने भएकाले नारी आमा, भगवान्, लक्ष्मी सबै भएकाले आफूले गीतमार्फत सम्झिएको बताउँछन् । नारी पतिकै हैसियतअनुसार रम्न चाहने तथा आफूलाई सुनको हार र महँगो सारी नचाहिने कुरा गीतमार्फत व्यक्त गरिएको छ ।

उक्त तिज गीतको म्युजिक भिडियोमा भुवन श्रेष्ठ र प्रकृतिको अभिनय रहेको छ । प्रस्तुत गीतले तिजको मौलिकतालाई बोलेको र यसले सबैको मन जित्नेमा ढुक्क रहेको कुरासमेत सन्तोषले बताएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्