१२ श्रावण २०८१, शनिबार
Logo

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरोमा ज्यान गुमाउनेको संख्या १६, १ जनाको जीवितै उद्धार

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पहिरोमा परेर हराइरहेकामध्ये १६ जनाको शव भेटिएको छ । आज थप ५ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या १६ पुगेको हो । उनीहरु सबैको परिचय खुलेको छ ।

आज जुगल गाउँपालिका-२ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको हो । यस्तै हिजो ३६ वर्षकी टिकामायाँ दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्षकी प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको शव भेटिएको थियो ।
पहिरोमा पुरिएर आज जीवितै उद्धार गरिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भैरहेको छ । ९ वर्षका रुप बहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने आज भेटिएका दावा ग्याल्बो दोङसहित ५ जनाको चौतारा र काठमाण्डौमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्