७ माघ २०८१, सोमबार
Logo

माहादेव फाटमा घरभित्र भल छिर्दा घर भत्कियो

चिरञ्जीवी नेपाल- लगातारको वर्षाका कारण नुवाकोटको बेलकोटगढी वडानम्बर ७ स्थित महादेवफाँट बजार डुबानमा परेको छ । आज राति परेको भारी वर्षाका कारण महादेवफाँट बजारका ३० घर डुबानमा परेका छन् । घरभित्र पानी पसेपछि एउटा घर भत्किएको छ । भत्किएको घर धनबहादुर भण्डारीको रहेको छ ।

कच्चीघर डुबानका कारण जोखिममा परेका छन् । बुधवार राति ९ बजेपछि भारी वर्षाभएपछि महादेवफाँट बजार डुबेको थियो । बजार क्षेत्रमा ढलको राम्रो व्यवस्था नभएका कारण डुबानमा परेको स्थानीयले बताएका छन् । त्यस्तै, बजार क्षेत्रमा रहेको लिडे खोलाको उचित व्यवस्थापन नभएकाले पनि डुबानमा परेको वडाध्यक्ष हेमनिधी नेपालले बताउनुभएको छ । घरभित्र पानी बसेपछि व्यापारी मारमा परेका छन् ।
यस्तै, पहिरोले नगरपालिका वडानम्बर ७ झापेको वस्ती नै सङ्कटमा परेको छ । पहिरो जाने डरमा कृष्णबहादुर सुनार, कृष्णबहादुर वि.क., शेरबहादुर वि.क., आइतबहादुर वि.क., विरेन्द्र वि.क., महेन्द्र वि.क., श्यामबहादुर वि.क., वीरबहादुर वि.क., हर्कमान वि.क.लगाएतका परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्