१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

प्रहरी प्रधान कार्यालय नक्सालका २७ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

प्रहरी प्रधान कार्यालय नक्सालका २७ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

तराईका  जिल्ला गएर फर्किएका एक प्रहरीबाट अरुमा कोरोनाकाे सङ्क्रमण सरेको आशङ्का गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक वासुदेव पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित प्रहरीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भइरहेको  छ । 

सङ्क्रमित सबैलाई प्रहरी अस्पतालको आइसोलेशनमा राखिएको छ । 

पछिल्लाे समय काेराेना राेकथाम तथा नियन्त्रणकाे लागि अग्रपङ्क्तिमा खटिएकामा सङ्क्रमण पुष्टि भइरहेकाे छ ।  उज्यालोअनलाईबाट

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्