३० आश्विन २०७८, शनिबार
Logo
Hotel Yangra Nuwakot Trishuli

नुवाकोटका गायक अधिकारीको गजल भिडिओमा

विदुर । नुवाकोटका गायक बैकुण्ठ अधिकारीको स्वरमा रहेको गजल ‘बाटो भन तिम्रो गाउँको’ म्युजिक भिडिओ आज सार्वजनिक भएको छ । इभरग्रिन बल्र्डवाइड इन्टरटेण्डमेन्टको ब्यानरमा निर्मित भिडिओको छन्दे युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
म्युजिक भिडिओको निर्देशन गोपाल ढकाल ‘छन्दे’ले गरेका छन् । गजलकार कपिलदेव खनालको शब्द रहेको ‘बाटो भन तिम्रो गाउँको’ मा स्वर र संगीत दुवै गायक अधिकारीको छ । संगित सम्योजनमा सैलेन्द्र बच्चा छन् । केएमएस रेकडिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गजलको भिडिओ तयार गर्न क्यामरामा हर्कमान वाईबा ९रिदम० र भिडियो सम्पादनमा दिन्शन शाह छन् ।
१५ वर्ष अघि लेखिएको गजल म्युजिक भिडिओसहित बजारमा आएकोमा रचनाकार खनालले सामाजिक सञ्जालमार्फत् आश्चर्य र खुसी एकसाथ ब्यक्त गरेका छन् । रोमान्टिक यस गजलले श्रोता र दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको गायक तथा संगीतकार बैकुण्ठ अधिकारीले प्रतिक्रृया दिएका छन् । उनी हाल युरोप छन् । उनको स्वरमा झण्डै एक दर्जन गीत तथा गजलहरु रेकर्ड भएको छ । केही नेपाली चलचित्रमा समेत संगीत र गाउनको भुमिका निर्वाह गरिसकेको अधिकारीले नेपाल आइडलको पछिल्लो संस्करणमा पर्दापछाडी रहेर ‘जज’को भूमिका समेत निर्वाह गरेका थिए ।
गायक तथा संगीतकार अधिकारी नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका हुन् ।
भिडिओको निर्देशन गोपाल ढकाल ‘छन्दे’ले अधिकारीको गायत तथा संगीत रहेको केही गीत तथा गजलहरुको भिडिओ निर्माणको क्रममा रहेको र केही समयपछि उनका थप सांगितिक कोशेली बजारमा आउने बताएका छन् ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्