१२ श्रावण २०८१, शनिबार
Logo

ओली र देउवाबीच भेट , किन होला त ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सभापति देउवाले कोरोना सङ्क्रमणको जोखिम र बाढी पहिरोले पुर्‍याएकाे क्षतिबारे ध्यानाकर्षण गराउनुभएको हो ।

लकडाउन गर्दासमेत कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नजिक पुगेको अवस्थामा लकडाउन हटाइएको भन्दै उहाँले कोरोना परीक्षण पीसीआर प्रविधिमार्फत मात्रै गर्न, क्वरेण्टीन मापदण्डयुक्त बनाउने लगायतका विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभयो । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने काममा तीव्रता दिन पनि सभापति देउवाले आग्रह गर्नुभयो ।

यस्तै बाढी पहिरोमा परेर देशका विभिन्न ठाउँमा धेरैको ज्यान गएको, अझै धेरै व्यक्ति बेपत्ता र घरबारविहीन भएकोले सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

यसैबीच विभिन्न क्षेत्रको असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्री ओलीसँग आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्