१२ श्रावण २०८१, शनिबार
Logo

यातायात व्यवसायीले आउँदाे बिहीबारदेखि सार्वजनिक गाडी चलाउने

यातायात व्यवसायीले आउँदाे बिहीबारदेखि सार्वजनिक गाडी चलाउने निर्णय गरेका छन् । 

मङ्गलबार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका तीन वटा ट्रेड युनियनले बिहीबारदेखि गाडी चलाउने घोषणा हुन् । 

महासङ्घका महासचिव सरोज सिटौलाले जोर–बिजोर प्रणालीमा गाडी चलाउने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै यातायात व्यवसायीले लामो दुरीमा पनि गाडी चलाउने तयारी गरेका छन् । तर यस विषयमा सरकारले कुनै निर्णय गरिसकेको छैन । 

छोटो दुरीमा सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक गाडी चलाउने सरकारले निर्णय गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका ट्रेड युनियनले गाडी चलाउन मानेका थिएनन् । अन्य सार्वजनिक गाडी भने गएको असार २९ गतेदेखि नै चल्न थालेका थिए । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्