१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउपालीका कृषी शाखाद्धारा कृषकलाई फलफुको बिरुवा बितरण

तारकेश्वर गाउपालीका कृषी शाखाले आफ्नो पालीका भित्रका सबै वडाका कृषकहरुको लागी फलफुलका बिरुवा बितरण गरेको छ । बुधबार गाउपालीकाले आफ्ना वडाका ३ हजार कृषकहरुको लागी बिरुवा बितरण गरेको हो ।

पालिकाले आप्रपाली आँप ,सुन कागती र लिचीको बिरुवा बितरण गरेको कृषी प्राबिधिक बिन्दा रिमालले जानकारी दिनु भयो । गत बर्ष बिनियोत ५ लाख बजेटबाट उक्त कार्यक्रम सम्पन्न गरेको गाउपालीकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्