१२ श्रावण २०८१, शनिबार
Logo

क्षेत्रपाल क्रशर उद्योगका संचालक शैलेश श्रेष्ठले खुँडा प्रहार गरेको स्थानियको आरोप

अबैध उत्खनन रोक्न जादा २ जना स्थानिय युवा घाइते भएका छन् । लिखु गाउपालीका वडा नं ४ का २२ बर्षिय सन्तिोष राई र २९ बर्षिय अनिश राई घाइते भएको उनको परिवारले जानकारी दिएको छ ।
आफ्नो जग्गा नजिकै उत्खनन गर्दा जमिनमा असर पर्ने भन्दै उनिहरुले उत्खननमा अबरोध गरे पछि खुंडा प्रहार भएको स्थानियले बताएका छन् । क्षेत्रपाल क्रशर उद्योगले बालुवा झिक्न नदिएको भन्दै संचालक शैलेश श्रेष्ठले धारिलो हतियार प्रयोग गरी २२ बर्षिय सन्तिोष राई र २९ बर्षिय अनिश राइलाई घाइते बनाएको स्थानियहरुले आरोप लगाएका छन् ।

खोलामा मेसिन प्रयोग गरि बालुवा उत्खनन भैरहेको थाहा पाएपछि आफुहरु राती करिब १२ः ३० मा खोलामा पुगेको एक स्थानिय युवाले बताए । उनका अनुसार बालुवा नझिक्न आग्रह गर्दा बिवाद बढ्दै गए पछि क्रशर संचालकले खुँडा प्रहार गरि नियन्त्रणमा लिन खोजेका थिए ।

ग्रिनसिटी अस्पतालमा घाइतेहरुको उपचार भैरहेको घाइतेको परिवारले जानकारि दिएका छन् ।
स्थानियका अनुसार उत्खनन गर्नेक्रममा गंगटे देखि नै सुराकी राखी उच्च सतर्कताका साथ नदि दोहन हुने गरेको छ । बिगतको बर्षहरुमा आफुहरु चुप रहे पनि अब बिरोधमा उत्रने स्थानियले बताएका छन् । दोषीलाई कारबाहिको माग गर्दै स्थानियहरुले जिल्ला प्रहरी कार्यलयमा किटानी जाहेरी दिने बताएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्