६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

लक डाउनले निजी बिद्यालय मर्कांमा , सरकारले सहयोग गरेन – नुवाकोट प्याब्सन

कोरोना भाइरस नियन्त्रण तथा रोक थामको लागी गरिएको लक डाउनको १ सय दिन पुरा भैसकेको छ । केही साता यता लकडाउन केही खुकुलो बनाए पनि सार्वजनिक यातायातका साधन र शैक्षिक संस्थाहरु संचालनमा आएका छैनन् । तर शैशिक्ष संस्थाहरुले बिद्यार्थी र बिद्यालयको लागी अनुकुल समय निकालेर पठनपाठनमा जोड दिएको पाइएको छ ।
नुवाकोट जिल्लाका बिभिन्न शैक्षीक संस्थाहरुले कसैले टोलटोलमा कक्षा संचालन गरिरहेका छन् भने कसैले अनलाइन मार्फत कक्षा संचालन गरिरहेका छन् । बिषय परिस्थीतीको समयमा पनि बिद्यालयहरुले बिद्यार्थीहरुलाई सृजनात्मक काममा लगाइ रहेको छ । यो कार्य गरेबापत सामुदाकि बिद्यालयलाई नेपाल सरकारले सहयोग गरेको छ , तर निजी बिद्यालयहरुले सामान्य राहतको महशुस गर्न नपाएको गुनाशो गर्न थालेका छन् । सरकारले जिनी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीको शुल्क नलिन भनेको छ । बिभिन्न बिद्यार्थी संगठनले कक्षा संचालन नभाको समयमा शुल्क लिन नमिल्ले बताएको छ । तर बिद्यालयले शिक्षकको तलब , बिद्यालय रहेको घरको भाडा लगाएतका कुरा ब्याबस्थापन गर्न कठिन समय आएको बिद्यालय संचालकहरुले बताउने गरेको प्याब्सन नुवाकोटका अध्यक्ष प्रकाश कुइकेल बताउनु हुन्छ ।

बिषम अबस्थाको बाबजुद पनि निजी बिद्यायलहरु बिद्यार्थीको शिकाइमा लागेको प्याब्सन नुवकोटका उपाध्यक्ष रजनि कार्की बताउनु हन्छ । उहाले अभिभावक संग शुल्क लिन सकिने अबस्था नरहेको भए पनि बिद्यालय संलानमा कठिन हुदा परिस्थीको सृजना भएके बताउनु हुन्छ । उहाले स्थानिय सरकारले बिद्यालय संचालनमा सहयोग गर्नु पर्ने धारण राख्नु भयो ।
यो बिषम परिस्थीतिमा धेरै अभिभावकहरुको रोजि रोटी गुमेको अबस्था छ । निजी क्षेत्रमा काम गर्ने धृेरैको काम धरापमा छ । कोठा भाडा , खाद्यन्न , बित्तिय संस्थाको ब्याज र बिद्यालयको शुल्कले धेरै अभिभावकहरुलाई यतिखेर सताएको अबस्था छ नेपाल सरकारले भने झै घरभाडा, बैकको ब्याजमा छुट , बिद्यार्थीको बिद्यालय शुल्कमा छुट हुन सकेको अबस्था छैन । यो अबस्थामा निजी बिद्यालयले पनि शुल्क नलिगी अध्यापन गराउने अबस्था नरहेको बताउदै आएको छ । स्थानिय सरकारले केही राहत महशुस गराउने गरी अहिले नै उपयुक्त कदम चाल्नु आबश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्