नेपालमा शुक्रबार पाँच सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा शुक्रबार पाँच सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमण पुस्टी हुनेको संख्या ११ हजार सात सय ५५ पुगेको छ ।
मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा एक सय सात जना महिला र चार सय ८६ पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । अहिलेसम्म सङ्क्रमण देखिएका मध्ये एक हजार दुई सय ४९ महिला र १० हजार पाँच सय ६ जना पुरुष रहेका छन् ।
दुई हजार ६ सय ९८ जना कोरोना निको भएर घर फर्किएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा आठ जना महिला र ४० जना पुरुष गरी ४८ जना डिस्चार्ज भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्