बिदुर नगरपालिकाका प्रमुखबाट पत्रकारहरुलाई कार्यक्रममा बोलाएर समाचार संकलनमा रोक लगाउनु निन्दनीय र लज्जास्पद – महासंघ
बिदुर नगरपालीकाको सातौ नगरसभामा समाचार संकलनमा पुगेका पत्रकाहरुलाई नगर प्रमुखले समाचारमा रोक लगाए पछि पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
“असार १० गते नुवाकोटको बट्टारस्थित होटल सताञ्चुलीको सभाहलमा आयोजित विदुर नगरपालिकाको सातौं नगरसभाको निमन्त्रणा पाएपछि समाचार संकलनका लागि सभास्थल पुगेका सञ्चारकर्मीहरुलाई सभामा केही जनप्रतिनिधिहरुले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि सभा अध्यक्ष एवं नगरपालिकाका प्रमुखले ‘पत्रकारका कारण सभा अमर्यादित हुनसक्ने भएकाले ननिस्के जसरी पनि निकाल्ने’ भन्दै नगरसभाको समाचार संकलनमा रोक लगाएका थिए ।” नेपाल पत्रकार माहासंघको बिज्ञप्तीमा उल्लेख छ ।
बिदुर नगरपालीकाले पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाए पछि यस्तो बिज्ञप्ती जारी गरेको छ ।
मिति ः २०७७।०३।१२
नुवाकोटस्थित विदुर नगरपालिकाको निमन्त्रणामा सातौं नगरसभाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई सभा अध्यक्ष तथा नगरपालिकाका प्रमुखले नगरसभाको समाचार संकलन गर्न नमिल्ने भन्दै समाचार संकलनमा रोक लगाउँदै पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
असार १० गते नुवाकोटको बट्टारस्थित होटल सताञ्चुलीको सभाहलमा आयोजित विदुर नगरपालिकाको सातौं नगरसभाको निमन्त्रणा पाएपछि समाचार संकलनका लागि सभास्थल पुगेका सञ्चारकर्मीहरुलाई सभामा केही जनप्रतिनिधिहरुले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि सभा अध्यक्ष एवं नगरपालिकाका प्रमुखले ‘पत्रकारका कारण सभा अमर्यादित हुनसक्ने भएकाले ननिस्के जसरी पनि निकाल्ने’ भन्दै नगरसभाको समाचार संकलनमा रोक लगाएका थिए ।
स्थानीय तहको जिम्मेवार निकाय नगरपालिकाका प्रमुखबाट पत्रकारहरुलाई कार्यक्रममा बोलाएर उल्टै पत्रकारविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै समाचार संकलनमा रोक लगाएको यो घटना आफैंमा निन्दनीय र लज्जास्पद छ । यो घटनाले संविधानले सुनिश्चत गरेको प्रेसको अधिकारमा आघात पुग्नुका साथै प्रेसको सम्मान र मर्यादमा समेत ठेस पुगेको महासंघको ठहर छ । महासघं प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने यस्ता कार्य नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायसँग माग गर्दछ ।
रमेश विष्ट
महासचिव
प्रतिक्रिया दिनुहोस्