११ चैत्र २०८१, मंगलवार
Logo

एमसीसी सम्झौताको विरोधमा नुवाकोटमा बिरोध प्रर्दशन

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा नुवाकोटमा बिरोध प्रर्दशन भएको छ । बिहिबार सदरमुकाम बिदुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु, नेपाल बिद्यार्थी संघ, तथा स्थानिय युवाहरुले एमसिसि खारेजको माग राख्दै आन्दोलन गरेका छन् ।
। राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, एमसीसी सम्झौता खारेज गरौँ भन्ने मुल नाराका साथ आज बाट आन्दोलन सुरु गरिएको अनेरास्वबियुका सहसंयोजक बिनोद कोइरालाले बताउनु भयो । उहाले एमसिसि खारेज नभए सम्मका लागी आन्दोलन जारी राखिने र चरणबद्ध आन्दोलन गरिने बताउनु भएको छ ।
सहयोगको बाहानामा अमेरीकाले नेपालमा सार्वभौम राष्ट्रको स्वाधीनतामा आँच आउने काम गर्ने भएकाले एमसिसि नेपालको हित बिपरित रहेको बिद्यार्थीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्