पत्रकार कुट्ने र क्यामरा फुटाउने वडाअध्यक्षहरुमाथि कारबाही गर्न पत्रकार महासंघको माग
बुधबार तारकेश्वर गाउँपालिकामा समाचार संकलनको लागी पुगेका पत्रकाहरु माथीभएको दुब्र्यावहारको नेपाल पत्रकार महासंघ नुवाकोट, नेपाल पत्रकार माहासंघ बागमती प्रदेश, नेपाल पत्रकार माहासंघ केन्द्रिय समिती , प्रेस संगठन नुवाकोट, फोटो पत्रकार माहासंघ नुवाकोटले छुट्टा छुट्टै बिज्ञप्ती जारी गरी दोषीउपर कारबाहीको माग गरेको छ ।
बिज्ञप्ती मार्फत पत्रकार माहासंघले दोषीमाथी कारबाही र उचित क्षतिपुर्तीको माग गर्दै प्रेस स्वतन्त्रताको धज्जी उडाएको प्रति दुःख व्यक्त गरेको छ ।
पत्रकारलाई दुव्र्यवहार, सञ्चार सामग्री र सवारी साधन तोडफोड गर्नु निन्दनिय रहेको नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले विज्ञप्तिमा उल्लेख गरेको छ । महासचिव रमेश विष्टद्धारा जारी गरिएको बिज्ञप्तिमा स्थानिय सरकाहरुले स्वतन्त्र प्रेशमाथीको हमला हुनु प्रेस स्वतन्त्रताको धज्जी उडाएको संज्ञा दिईएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ बाग्मति प्रदेशले पनी बिज्ञप्ति जारी गर्दै पत्रकार माथिको हमला र सञ्चार सामाग्री तोडफोडको घोर निन्दा गरेको छ ।
यसरी पत्रकारमाथि भएको दुब्यबहार र सञ्चार सामाग्री तोडफोडको प्रेस संगठन नेपाल जिल्ला कार्य समिति नुवाकोटले भत्र्सना गरेको छ । नियोजित हिसाबले पत्रकारमाथी आक्रमण गरेको भन्दै प्रेस संगठन नुवाकोटका संयोजक भोलाराज पौडेल र सहसंयोजक रामहरी गजुरेलले बिज्ञप्ति जारी गरि घटनामा संलग्न वडा अध्यक्षहरुलाई तत्काल पक्राउ गरि कारबाहि गर्न माग गरेको छ । अबिलम्ब क्षतिपुर्तिको दिलाउन समेत संगठनले माग गरेको छ ।
यसैबिच, फोटो पत्रकार महासंघ नुवाकोट शाखाले पनी बिज्ञप्ति जारी गर्दै पत्रकार र क्यामेरा माथि भएको आक्रमण प्रति आपत्ति ब्यक्त गरेको छ । आफु अनुकुलवको समाचार संकलन गर्नुपर्ने आफुले भनेकै मान्छेको फोटो खिच्नु पर्ने काँग्रेसका वडा अध्यक्षहरुको अभिब्यक्ति निन्दनिय र आपत्तिपुर्ण रहेको जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बुधबारपालिकाको केन्द्र समाचार संकलनको लागी पुगेका पत्रकारहरु सुजित भण्डारी, नवदिप श्रेष्ठ र बिष्णु अधिकारी माथी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनीधीहरुले हमला गर्ने भन्दै नारा लगाएका थिए । उनीहरुले पत्रकार मुर्दावाद , पत्रकारलाई फासी दे भन्दै नारावाजी समेत गरेका थिए । उनिहरुले भने अनुसारको भिडियो नबनाएको भन्दै समाचार संकलनको लागी प्रयोग भैरहेको क्यामेरा फादी दिएका थिए भने पत्रकार चढेर गएको मोटरसाइकल समेत तोडफोड गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्