नुवाकोटका स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक, समाचार संकलनका लागी पुगेका पत्रकार तारर्केश्वरमा कुटिए ,बिदुरका मेयरले हल बाहिर निकालिदिए ।

बुधबार नुवाकोटका ८ गाउपालीका र २ नगरपालीकाको निती तथा कार्यक्रम बजेट बक्तब्य सार्वजनिक भएको छ । २ ओटा गाउपालीकाले मंगलबार नै निती तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नुवाकोटका बिभिन्न पालिकामा बिवादलाई सल्टाउदै र केही पालिकामा आफ्नो शक्तीको प्रदर्शन नै गराएर भएपनि बजेट ल्याएका छन् । नुवाकोटका केही स्थानीय तह बाहेकका प्रायःले सर्वसम्मत ?पमा नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।
हिजो अबेर गरेरे तारकेश्वर गाउपालीकाले निती तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । तारकेश्वर गाउपालीकाले ३९ करोड ?पैया बराबरको बजेट प्रस्तुत गरेको छ । दिनभर नेपाली कांग्रेसले गाउसभा अब?द्ध पारेको थियो । तारकेश्वर गाउपालीकामा समाचार संकलनको क्रममा गएका पत्रकारह? माथी पनि दुब्र्याबहार भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षह?ले टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीलाई कुटपिट गर्नुका साथै पत्रकार भण्डारी र नवदिप श्रेष्ठको खिचिरहेको क्यामेरा समेत फुटाएकाछन् । मिक्स एफ्एमका प्रबन्धक निर्देशक बिष्णु अधिकारीको मोटरसाइकलमा क्षति पुर्याएछन् । बिदुर नगरपालीकामा भने योजनाको बिषयमा नेपाली कांग्रेसका जनप्रतिनिधीहरुले नाराबाजी गर्न सुरु गरे सगै प्रमुख संजु पंडितले पत्रकारहरुलाई हल बाहिर जान भनेका थिए ।
त्यस्तै हिजो विदुर नगरपालिकाको १ अर्ब ८ करोड ?पैयाँ बराबरको बजेट प्रस्तुत भयो । बिदुर नगरपालीकाको नगर सभालाई नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिह?ले केही समय अबरोध गरे । बिदुर नगरपालीकाको नगर सभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीह?ले नगर प्रमुख सन्जु पंडित सहित कर्मचारीह? समेतलाई हातपातको प्रयास गरेका थिए ,भने कार्यक्रम स्थल तोडफोड समेत गरेका छन् ।
आफ्ना वडाका योजनाह? काटिएको , नगरले कार्यकर्तामुखी बजेट ल्याएको , आर्थिक अनुशासन विपरितका कामह? भएको भन्दै बिरोध गरेका हुन् । काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिह?ले बिदुर नगरपालीकामा अराजकता बढेको आरोप समेत लगाएको छ । नेपाली कांग्रसका जनप्रतिनीधीह?ले नगरसभा समेत बहिस्कार गरेका छन् । बिदुर नगरपालिकाले बहुमतले बजेट पारित गरेको छ ।
त्यस्तै शिवपुरी गाउपालीकाको पनि बुधबार निती तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउपालीकाले आगामी बर्षको लागी ४९ करोड २५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित भएका पालिकाका अध्यक्ष रामकृष्ण थापा लगाएत नेपाली कांगे्रसबाट निर्वाचित जनप्रतिनिधीह?ले प्रतिपक्ष तथा नेकपाबाट निर्वाचित जनप्रतिनिकधीह?लाई बाहिर निकालेर एकलौटी निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्