१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा लिखुले गाउपालीकालाई ७ पृष्ठ लामो १४ बुदे ज्ञापनपत्र बुझायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) लिखुले आफ्नो गाउपालीकालाई ७ पृष्ठ लामो १४ बुदे ज्ञापनपत्र बुझाएको छ ।
सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लिखुका इन्चार्ज धर्म प्रसाद अधिकारी अध्यक्ष मेघ नारायण श्रेष्ठ , सचिव बिबेक ढकालको संयुक्त टोलीले गाउपालीकाका अध्यक्ष ध्रुर्ब श्रेष्ठ , उपाध्यक्ष रोजिना राई, प्रमुख प्रशासकिय अधिकृत सुरज अर्याललाई ज्ञापनपत्र बुझाएको हो । आगामी निती तथा कार्यक्रमको लागी सल्लाहा सुझाब स्वरुप ज्ञापन पत्र बुझाएको नेकपा लिखुले जनाएको छ ।
निती तथा कार्यक्रममा पुर्वाधार बिकाश , सामाजिक बिकाश , कृषी तथा पशु पालन , खाने पानी तथा सरसफाई , उर्जा तथा सिंचाई, संकृति तथा पर्यटन लगाएतका क्षेत्रलाई ब्याबस्थित र मर्यादित बनाएर समाबेश गराउनु पर्ने नेकपा लिखुले सुझाब दिएको छ । त्यस्तै शिक्षा तथा स्वास्थ्य , महिला तथा बालबालिका, युवा तथा खेलकुद, सुचना तथा संचार , आर्थिक प्रशासन, सहकारी संस्था लगाएतका क्षेत्रलाई ब्याबस्थीत तरिकाले संचालन गर्ने स्प्रष्ट निती आगामी निती तथा कार्यक्रममा समाबेश गराउनु पर्ने लगाएतका सुझाब राखेका छन् ।
नेकपा लिखुले सवारीमा भएको चरम दुरुपयोग नगर्न, आग्रह गरेको सचिव बिबेक ढकालले जानकारी दिनु भएको छ । त्यस्तै कर छलि , सवारी मर्मतमा अनियमीतता , स्वास्थ्य क्षेत्रको खर्चको बिबरण सार्वजनिक गर्नुपर्ने , नियमित रुपमा गरिनु पर्ने सार्वजनिक सुनुवाई गरिनु पर्ने , नदि जन्य पदार्थ उत्खनन गर्दा आईई अनुरुप अनुगमन गरिनु पर्ने नेकपा लिखुले माग राखेको छ ।

नेकपा लिखुले गाउँपालिका मातहतका योजना तर्जुमा कार्यन्वयन सम्बन्धमा नेकपाको सुझावलाई गहन अध्ययन गरि सोही अनुरुप काम गर्न समेत आग्रह गरेको छ ।
गाउँपालिकाका अध्यक्ष धु्रर्व श्रेष्ठले नेकपाको माग र सल्लाहलाई पुर्णरुपमा सम्बोधन गरेको अगाडी बढ्ने बताउनु भएको छ । उहाले गाउपालीकाको बिकाशमा सबै राजनितीक दल तथा नागरिकहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज अर्यालले प्रदेश तथा केन्द्रबाट आएका केहि योजना बाहेक सबै योजनाको कार्य सम्पादन भएको र अझै केही आयोजनाहरु निर्माण सम्पन्न हुने चरणमा रहेको जानकारी दिनु भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्