१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउपालीकाको आयोजनामा ढाका बुनाई तालिम सम्पन्न, बजारको ब्याबस्थापन गाउपालीकाले गरिदिने

तारकेश्वर गाउपालीकाले महिलाहरुको शिप बिकाशको लागी दिएको २ महिने ढाका बुनाई तालिम आइतबार समापन भएको छ । वडा नं १ र ४ का करिब १० जना महिलाहरुलाई ढाका बुनाई तालिम प्रदान गरिएको छ ।
तालिम प्रश्चात सहभागिहरुले उत्पादन गरेको ढाकाका पछ्यौरा, रुमाल सल लगाएतका सामाग्री बितरणको लागी गाउपालीकाले बजार ब्याबस्थापन गरिदिने समेत ग्यारेन्टी लिएको गाउपालीका अध्यक्ष रमेश बहादुर वस्तीले बताउनु भयो ।
महिला उद्यमी उत्पादन गरी आय आर्जनमा बृद्धि गर्ने उद्धेश्यले तालिमको आयोजना गरेको उपाध्यक्ष तारादेवी रिमालले जानकारी दिनु भएको छ । महिलाहरुमा सिप बिकाश , रोजगारी र आत्मनिर्भर बनाउनको लागी पालीकाले सो तालिम प्रदान गरेको उहाको भनाई छ ।
। समापन कार्यक्रममा सहभागीहरुलाई गाउपालीकाले ढाका बुन्ने तान समेत हस्तान्तरण गरेको छ । समापन कार्यक्रममा वडा अध्यक्ष दयानिधि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत माधब घिमिरे लगाएतको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्